नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको छ’

दक्ष खबर 15656+ समाचार ( )
३ आषाढ २०८२, मङ्गलबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको बताएका छन् । 

मंगलबार तीन लाख रुपैयाँ धरौटीमा छुटे पश्चात उनले धरौटीमा छोड्ने अदालतको फैसलाले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको बताए । 

उनले भने, ‘अदालतले न्याय दिएकोमा राज्यले अन्याय गर्दा पनि अहिलेको अवस्थामा अदालत न्याय दिन सक्षम रहेछ र अदालतले आफ्‌नो विवेक प्रयोग गर्ने ठाँउमा विवेक प्रयोग गर्ने रहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास यसले जगाइ दिएको छ ।’

यस्तै, उनले राज्यले जसरी आरोप लगाएको थियो त्यो दुखद भएपनि अदालतले न्याय दिएकोमा खुसि रहेको बताए । 

उनले भने, ‘राज्यले जुन किसिमको आरोप हामी माथि लगायो र हामीलाई दोषि करार गर्नको लागि जसरी राज्य पक्षबाट विभिन्न किसिमका आरोप लगाइयो त्यो दुखद थियो तर अदालतले न्याय दिएकोमा म खुसि छु ।’

मिश्रसँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा भने हिजो बेलुका तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार