काठमाडौँ । एलरोज एजुकेसनको आयोजनामा बेलपुष्प शिक्षालयमा अवाकस प्रतियोगिता सम्पन्न भएको छ । आज सम्पन्न प्रतियोगितामा सौगात श्रेष्ठ प्रथम, आर्या श्री मगर द्वितीय र आयुष्मा पौडेलले तृतीय भएका हुन् ।
एलरोज एजुकेसनकी निर्देशक लिला पोख्रेलले, "प्रतियोगितामा बेलपुष्प शिक्षालयका विद्यार्थीहरू सौगात श्रेष्ठ प्रथम, आर्या श्री मगर द्वितीय र आयुष्मा पौडेलले तृतीय भएकाे बताउनुभयो ।"
उहाँले, 'विशेषगरी आफुहरूले अवाकस र वैदिक म्याथका विभिन्न कोर्सहरुलाई प्राथमिकतामा राखेर कक्षाहरु सञ्चालन गर्दै आइरहेको बताउँदै आगामी दिनहरूमा पनि यस्तो प्रतियोगिताहरू आयोजना गरिने बताउनुभयो ।'
कार्यक्रममा एलरोज एजुकेसनकी निर्देशक लिला पोख्रेल, सञ्चालक बिनयराज न्यौपाने तथा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र मगरको उपस्थिति रहेको थियो ।
विजेता विजेता विद्यार्थीहरुलाई ट्रफी सहित प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । एलरोज एजुकेसनले समय समयमा अवकस प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।