प्रयागराज सिंह सुवाल स्मृति फुटसलमा आजबाट प्रि क्वाटरफाइनल चरणको खेलहरू शुरू

दक्ष खबर 15654+ समाचार ( )
५ अशोज २०८१, शनिबार

काठमाडौँ । दोस्रो ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ अन्तरगत आजबाट नकआउट चरणका दुईवटा र  प्रिक्वाटर फाइनल चरणका दुईवटा खेलहरू सम्पन्न भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं. २३ को आयोजनामा जारी दोस्रो ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ को पाचौँ दिनको नकआउट चरणको पहिलो खेलमा आज भएको वडा नं. ३ र वडा नं. ६ को खेलमा ०-२ गोल अन्तरले वडा नं. ६ विजयी भएको छ । त्यस्तै, आजको खेलमा वडा नं. ६ का खेलाडीहरू नाम्दोल स्याङ्वो लामा र विनोद पुडासैनीले समान १/१ गोल गरेका थिए भने खेलमा म्यान अफ द म्याच दिपेश श्रेष्ठ घोषित भएको छ । 

त्यस्तै, आजै भएको दोस्रो खेलमा वडा नं. १४ र वडा नं १० बिचको खेेलमा वडा नं.१४ २-० गोल अन्तरले विजयी भएको छ । वडा नं. १४ का खेलाडीहरू राजु बुढाथोकीले २ गोल गर्नुभएको थियो भने, उहाँ ने म्यान अफ द म्याच घोषित भएको छ । 

त्यस्तै, आजबाट शुरूवात भएको प्रि क्वाटरफाइनल चरणको  पहिलो खेलमा वडा नं. १६ र वडा नं. २० सँग ३-१ गोल अन्तरले वडा नं. १६ विजयी भएको छ । वडा नं. १६ का आयुष कुवँरले २ तथा नविन निरौलाले १ गोल गर्नुभएको थियो भने, वडां. २० का ज्ञानेन्द्र मल्लले १ गोल गरेका थिए भने खेलमा म्यान अफ द म्याच आयुष श्रेष्ठ घोषित भएको थियो ।

त्यस्तै, आजै भएको प्रि क्वाटरफाइनल चरणको दोस्रो खेलमा वडा नं. ९ तथा काठमाडौँ महानगरपालिकाको टीम सँग वडा नं.९ ७-१ गोल अन्तरले विजयी भएको छ । त्यस्तै, वडा नं. ९ का खेलाडीहरू सागर भट्टले ३ गोल, असिम लामिछानेे, अर्जु श्रेष्ठ, रोहन बिक, विक्रम अधिकारीले समान १/१ गोल गरेका थिए । त्यस्तै, काठमाडौँ महानगरपालिकाका तर्फबाट भुपदेव शाहले १ गोल गरेका थिए । खेलमा सागर भट्ट म्यान अफ द म्याच घोषित भएका थिए । 

खेलका विजेता टीमले २ लाख रुपैयाँ, उपविजेता टीमले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् भने, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र गोलरक्षक १/१ जनालाई १० हजार रुपैयाँसहितको पुरस्कृत गरिनेछ  । 

खुला उमेर समूहका पुरुष खेलाडी बिच खेल हुनेछ । नकआउटका आधारमा हुने खेल हरेक दिन बिहान ८ बजेदेखि १२ बजेसम्म भईरहेको हुनेछ । खेल असोज ९ गतेसम्म सञ्चालन हुनेछ ।  प्रतियोगितामा ३२० युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र ५ सय युवा कार्यक्रमका लागि परिचालित हुने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार