काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागको कर्पुरेट लिडरसिप विभाग एमबिएसीएल् (MBACL) विभागको आयोजनामा स्वागत एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । किर्तिपुर पार्टी प्यालेसमा आयोजित कार्यक्रमका बिच स्वागत एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग प्रमुख डा. भवानी शंकर आचार्यले, 'नेपालको ठूलो विश्वविद्यालय त्रिविले विभिन्न क्षेत्रका व्यक्तिहरू उत्पादन गरिसकेको र उनिहरूले त्रिविको दक्षता प्रमाणित गरेको बताउनुभयो ।'
त्यस्तै, एमबिएसीएल् विभाग प्रमुख डा. सुनिता भण्डारीले विद्यार्थीको उज्ज्वल भविष्य सँगसँगै कुशल नेतृत्व र संगठनिक सीप एवं दक्षताले मात्र भोलिका दिनमा सहज हुने बताउनुभयो । उहाँले विद्यार्थीको दक्षता प्रमाणित गर्न आफू स्वयले मिहिनेत, परिश्रम गर्नुपर्ने बताउनभयो ।
त्यस्तै, कार्यक्रमका सभापति उज्ज्वल दाहालले नेपालमा कर्पुरेट सेक्टरमा दक्ष जनशक्ति उत्पादन गर्ने एकमात्र थलो त्रिवि रहेको बताउनुभयो । उहाँले नेपालमा कर्पुरेट सेक्टरमा विद्यार्थीहरूको आवश्यकता र नेपालमा यसको सम्भावना अत्यन्तै रहेको बताउनुभयो ।
त्यस्तै उक्त कार्यक्रमको सभापतित्व उज्ज्वल दाहालले गर्नुभएको थियो भने, प्रमुख अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग प्रमुख डा. भवानी शंकर आचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा एमबिएसीएल् विभाग प्रमुख डा. सुनिता भण्डारी, एमबिए फाइनसका डाइरेक्टर डा. भरत सींह थापा, एमबिए मार्केटिङका डाइरेक्टर सुनिल अवाडे, भुतपुर्व डेपुटी डाइरेक्टर डा. बलराम दुलाल लगायत शिक्षक शिक्षीका, विद्यार्थी सहित विभिन्न तह र तप्काका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति सहित पहिचान झल्कने नृत्य, विभिन्न खेल तथा प्रतिभाहरू प्रस्तुत गरेका थिए ।