भिजनरी इन्स्टिच्युसनद्वारा प्रथम विज्ञान परीक्षा प्रतिस्पर्धाको आयोजना

दक्ष खबर 15672+ समाचार ( )
१ माघ २०८१, बिहीबार

काठमाडौँ । भिजनरी इन्स्टिच्युसनको आयोजनामा विज्ञान परीक्षा प्रतिस्पर्धा २०८१ हुने भएको छ । आगामी फागुन १० गतेबाट प्रतिस्पर्धा हुन गइरहेको हो । 

"काठमाडौँको पूर्वी भेगका विभिन्न संस्थाहरूले विभिन्न रूपमा कार्यक्रमहरू गर्दै आईरहेको भएपनी भिजनरी इन्स्टिच्युसनले विद्यार्थीहरूको मनसाय बुझेर नै विज्ञान परीक्षा प्रतिस्पर्धा गराउन लागेको, "भिजनरी इन्स्टिच्युसनका अध्यक्ष कृष्ण शाहले बताउनुभयो । 

उहाँले, " हामीले निष्पक्ष र सही रूपले प्रतिस्पर्धा गराएर विद्यार्थीहरूमा रहेका प्रतिभालाई निखार्ने उद्देश्यका राखेका छौँ । यस प्रतिस्पर्धाबाट विद्यार्थीहरुले आफ्नो क्षमतालाई  प्रस्तुत गरेर अगाडि बढ्न सक्ने बताउनुभयो ।" 

उहाँले, माध्यमिक शिक्षा परीक्षा एसईईलाई मध्यनजर गर्दै प्रतिस्पर्धाको आयोजना गरिएको बताउनुभयो । 

प्रतिस्पर्धामा परीक्षा पश्चात उत्तरपुस्तिका विभिन्न चरणहरूमा जाँचिने र उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई नगद पुरस्कार लगायत टप २० मा पर्ने विद्यार्थीहरुलाई मेडल र सर्टिफिकेट प्रदान गरिने छ । त्यस्तै,  सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई एसईई पछिका विभिन्न कक्षाहरूमा सौलीयत र छात्रवृत्ति दिने जनाइएको छ ।

भिजनरी इन्स्टिच्युसनद्वारा हुन लागेको विज्ञान विषयको परीक्षा प्रतिस्पर्धा २०८१ मा विभिन्न स्कुलका विद्यार्थीहरू समावेश भई परीक्षा दिन सक्नेछन् । यो परीक्षा नि:शुल्क रूपले हुनेछ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार