विमस्टेक राष्ट्रबीच भीसा सहजीकरण र पर्यटन प्रवद्धनमा पर्यटनमन्त्रीको जोड

दक्ष खबर 15657+ समाचार ( )
२४ मंसिर २०८१, बुधवार

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री  बद्रीप्रसाद पाण्डेसँग वहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरुको प्रयास (विमस्टेक) का महासचिव इन्द्रमणि पाण्डेले भेट गर्नुभएको छ । 

महासचिव पाण्डे नेतृत्वको प्रतिनिधि मण्डलले बुधबार मन्त्री पाण्डेसँग पर्यटन मन्त्रालयमा भेट गर्नुभएको हो । भेटमा विमस्टेक देशहरुबीचको भिसा सहजकीकरण, धार्मिक, साँस्कृतिक र पर्यटकीय सर्किटहरुमा पर्यटन पूर्वाधारको विकास लगायतका विषयमा छलफल भएको थियो । 

साथै, भेटमा मन्त्री पाण्डेले विमस्टेक टुरिजम फण्डलाई वृद्धि गरी त्यसको प्रभावकारी कार्यान्वयका लागि सहयोग गर्न आग्रह गर्नु भएको थियो । 

उहाँले नेपालको हवाई उड्डयन क्षेत्रलाई चलायमान बनाउन,े पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याउनका लागि विमस्टेक सदस्य राष्ट्रका पर्यटन बोर्डहरुबीचको आवद्धता तथा आपसी आदान प्रदान लगायका विषयमा जोड दिनु भएको थियो । 

मन्त्री पाण्डेले दक्षिण एशियाली सहयोग संगठन (सार्क) सचिवालय सक्रिय नभएकै कारण सार्क निष्क्रिय रहेको उल्लेख गर्दै विमस्टेक सचिवालयलाई सक्रिय र प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

महासचिव पाण्डेसँगको भेटघाटको क्रममा मन्त्री पाण्डेले विमस्टेक सचिवालयको नेतृत्वको सफल र प्रगतिशील रहोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले राजनीतिक तह र मन्त्रालयगत तहबाट हुने द्धिपक्षीय भेटवार्ताले सम्बन्ध मजबुद हुने विश्वास समेत व्यक्त गर्नुभयो । ।  

विमस्टेक महासचिव इन्द्रमणि पाण्डेले विमस्टेकको महत्वपूर्ण एजेण्डा कनेक्टीभिटी भएको बताउँदै नेपालको पर्यटन क्षेत्रको विकासका लागि सहयोग रहेन प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विमस्टेकको आगामी शिखर सम्मेलनमा नेपालको पर्यटन लगायतका सम्भावित क्षेत्रको बारेमा संस्थागत रुपमा कुरा उठाउने समेत विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार