काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कक्षा १२ को नतिजा अगावै नयाँ शैक्षिकसत्रका लागि स्नातक तहमा भर्ना खुलाएको छ ।
त्रिविले बिहिबार एक सुचना जारी गर्दै मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षा शास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका क्याम्पसहरूमा नयाँ शैक्षिकसत्र २०८०/८१ का लागि स्नातक तह प्रथम वर्षका लागि नयाँ भर्ना अभियान सञ्चालन गरेको हो ।
सुचना अनुसार भर्नाको आवेदन फारम साउन २८ देखि भदौ मसान्तसम्म दिन सकिने जनाएको छ भने, प्रवेश परिक्षा डिनको कार्यालयले निर्धारण गरेपछि हुने बताइएको छ । त्यस्तै, नयाँ शैक्षिकसत्रको कक्षाहरू मंसिर ५ गतेदेखि सञ्चालन गर्ने तयारी त्रिविको रहेको छ ।