काठमाडाैँ । भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको आगजनी र तोडफोडमा ‘गोदावरी सनराइज’ प्रदर्शनी केन्द्र पनि जलेर ध्वस्त भएको छ ।
नेपालको दोस्रो ठुलो सम्मेलन केन्द्र ४३ रोपनी १५ आनामा निर्माण भएको यो तीन हजार सिट क्षमताको छ । ६२ करोड लागतमा ठेक्का लागेको यो भवन निर्माण सम्पन्न गर्न ८१ करोड खर्च भएको थियो ।