कामपा - ८ ले जेष्ठ नागरिकहरूलाई एक दिने सम्पदा अवलोकन भ्रमण लादैँ 

दक्ष खबर 15665+ समाचार ( )
१२ वैशाख २०८२, शुक्रबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा - ८ ले वडाभित्रका जेष्ठ नागरिकहरूलाई एक दिने सम्पदा अवलोकन भ्रमण लाने भएको छ । आज एक सुचना जारी गर्दै वडाले आगामी बैशाख १८ गते नुवाकोटको धार्मिक तिर्थस्थल दुप्चेश्वर महादेव मन्दिरमा सम्पदा भ्रमण लान  लागिएको जनाएको हो । 

कामपा ८ का वडाअध्यक्ष आशामान संगतले जारी गर्नुभएको सुचनामा जेष्ठ नागरिकहरुका लागि १८ गते बिहिबारका दिन नुवाकोट जिल्लाको धार्मिक तीर्थस्थल दुप्चेश्वर महादेवको एकदिने सम्पदा भ्रमण कार्यक्रम आयोजना गरिएको जनाइएको छ । 

पत्रमा उक्त स्थानमा जान ईच्छुक जेष्ठ नागरिकहरुलाई का.म.पा. ८ वडाका वडा सदस्य तथा वडामा सम्पर्क गर्न भनिएको छ ।  जेष्ठ नागरिकहरुको उमेर समूह ६५ वर्षदेखि माथि हुनुपर्ने साथै, नामावली टिपाउँदा जेष्ठ नागरिकहरुको नागरिकताको फोटोकपी अनिवार्य रुपमा ल्याउनुपर्ने  वडाले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार