काठमाडाैँ । सेन्ट लरेन्स कलेजकमा अध्यायनरत छात्रा दीपिका पालले मलेसियामा आयोजित एसिया प्यासिफिक सम्मेलन युवा वैज्ञानिक (यङ्ग साइंटिस्ट्स २०२४)काे प्रतिस्पर्धामा दोस्रो स्थान हात पार्नुभएकाे छ । दीपिकाले लाइफ साइन्सेस (जीवविज्ञान) विधामा (मीट लीफ : ल्याब कल्चर्ड मीट) शीर्षकमा उत्कृष्ट अनुसन्धान प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय स्तरमा सम्मान प्राप्त गर्नुभएकाे हाे ।
कलेजले हासिल गरेको यो सफलताले अरू बिद्यार्थीहरुलाई पनि सफलता हासिल गर्न, मिहेनत गरेर अघि बढ्न उत्प्रेरणा जगाएको कलेजका अध्यक्ष केशवप्रसाद दंगालले बताउनुभयो । उहाँले,सम्मेलन मलेसियाको बायोउ लागुन पार्क रिसोर्ट, मलेका सहरमा १५ देखि १९ सेप्टेम्बर २०२४ मा सम्पन्न भएको बताउदैँ विभिन्न मुलुकका युवा वैज्ञानिकहरू बीचको यस प्रतिस्पर्धामा दीपिकाले उत्कृष्ट नतिजा निकालेर सेन्ट लरेन्स कलेजको शैक्षिक स्तरलाई पुनः एक पटक प्रमाणित अध्यक्ष दंगालले बताउनुभयो ।
विभिन्न मुलुकका युवा वैज्ञानिकहरू बीचको प्रतिस्पर्धामा दीपिकाले उत्कृष्ट नतिजा हाँसील गरेर विश्वमाझ सेन्ट लरेन्स कलेजको शैक्षिक स्तरलाई चर्चामा पुर्याउनु भएकाे कलेजका प्राचार्य पुरुषोत्तम महर्जनले बताउनुभयो। उहाँले, दीपिका पाललाई बधाई दिदैँ कलेजले भविष्यमा पनि अन्तर्राष्ट्रिय स्तरमा यस्ता अवसरहरूमा निरन्तर अन्य विद्यार्थीहरुलाई पनि सहभागि जनाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे । त्यसैगरी सेन्ट लरेन्स कलेज विज्ञान र प्रविधिमा नवीनतम अनुसन्धान र प्रयोगात्मक सिकाइमा विश्वास राख्दै विद्यार्थीहरूलाई अग्रणी बनाउन कटिबद्ध रहेको कलेजका प्रिन्सिपल महर्जनले बताउनुभयो।
प्रिन्सिपल महर्जनले कलेजले आगामी दिनमा पनि यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूमा निरन्तर सहभागिता जनाउँदै विश्व मञ्चमा नेपालको नाम उँचो राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।