जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

दक्ष खबर 15668+ समाचार ( )
२२ पौष २०८१, मङ्गलबार

काठमाडाैँ । जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८१ फागुन १६ गतेदेखि हुने भएको छ । मंगलवार ललितपुरमा पत्रकार सम्मेलनमा पत्रकार सम्मेलन गरी आयोजक संवाद फाउण्डेशनले यसबारेमा जानकारी दिएको हो । महोत्सव फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरको मैथिली भवनमा हुने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रहरुले आवेदन दिएका र नेपाली पानोरामामा नेपालबाट अझै पनि चलचित्रको आवेदन आउने क्रम जारी रहेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री रेखा थापाले कलाकारको भूगोलको सीमाना नहुने र सबै भूगोलको कलकार हुने बताउनु भयो । उहाँले कला र महिलाको जननी मिथिला सभ्यता भएको बताउनु भयो । उहाँले महोत्सवले नेपालको पर्यटन प्रवद्र्धन गर्ने विश्वास लिएको पनि बताउनु भयो । 

महोत्सवको उद्देश्य नेपालमा चलचित्रको महत्व बुझाउनु रहेको बताइएको छ । साथै नेपाली चलचित्रलाई विश्वभर प्रश्तुत गर्नु, चलचित्र साक्षरताको प्रदर्शन गर्नु लगायतका उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार