कांग्रेस पार्टीगत हिसावले चलेन, पार्टी भित्रका व्यक्तिहरूबाटै विधान मिच्ने काम भयो : जगदिश नरसिंह केसी

दक्ष खबर 15658+ समाचार ( )
३२ जेठ २०८०, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेस रूपान्तरण अभियान अन्तरगत प्रदेश-१ को कार्यक्रम सम्पन्न भएको छ । 

आज प्रदेश-१ को कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता जगदीश नरसिंह केसीले रूपान्तर अभियान प्रदेश १ को कार्यक्रम सम्पन्न भए सँगसँगै अन्त्य भएको बताउनुभयो । 

उहाँले रूपान्तरणका विषयमा देशभरी हामी जसरी प्रस्तुत भयौं त्यसमा सबैको एउटै गुनासो रहेको बताउनुभयो । माथिका नेतृत्वहरूलाई सफा नबनाएसम्म तल सफा नहुने आम सर्वसाधारणले बताएको केसीले बताउनुभयो । 

उहाँले नेपाली कांग्रेस पार्टी भित्र बसेर प्रत्येक सदस्यको भावनालाई नबुझिकन एकल ढंगले आफुले जे गर्यो त्यै ठिक भन्ने प्रविधि निरङ्कुश रहेको बताउनुभयो । केसीले माथिका तहले गरेको निर्णयमाथि कसैले पनि केही बोल्न नहुने र नपाउने अवस्था माथि छानबिन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यस्तो अवस्थाले पार्टी नै संकट तर्फ अगाडि बढिरहेको बताउनुभयो । 

नेपाली कांग्रेस पार्टीलाई शुद्धीकरण गर्न आवश्यक छ । अहिले जुनसुकै पदमा पनि आर्थिक लाभ हेर्न थालियो । हामी जो संघर्ष गरिरहेका छौँ । हामीले अवसर नपाउने अवस्था आएको समेत बताउनुभयो । 

अब हामी सबैले अनलाइन मार्फत क्रियाशील सदस्यता लिने गर्नु पर्छ । नेपाली कांग्रेसको विचार र भावना बुझेर मात्र अगाडि बढ्नु पर्छ र सबैलाई समान भावनाले अगाडि बढाए मात्र हामिले रूपान्तरण अभियानको सफलता प्राप्त हुने बताउनुभयो । 

कांग्रेस पार्टीगत हिसावले चलेन, पार्टी भित्रका व्यक्तिहरूबाटै विधान मिच्ने काम भएको उहाँले बताउनुभयो । उहाँले पार्टी सभापतिलाई भष्ट्राचारको काण्डहरूमा जति पनि मुछिएका छन् ती काण्डहरू उठाउँनुस् हामी साथ सहयोग गर्न तत्पर  रहेको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार