बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा २ दिने ‘साहित्यिक–सांस्कृतिक महोत्सव’ हुने

दक्ष खबर 16544+ समाचार ( )
२८ पौष २०८०, आइतबार

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ। बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा फागुन ११ र १२ गते दुई दिने महोत्सव हुने भएको हो ।

साहित्यकार तथा संस्कृतिविद्हरुनगरसभा सदस्यनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महाशाखाशाखा प्रमुखकर्मचारीलगायतको उपस्थिति रहेको नगरपालिका सभाहलमा आयोजित एक कार्यक्रममार्फत महोत्सवको संयोजन समेत रहेकी उपप्रमुख अनिता लामाद्वारा महोत्सवबारे जानकारी दिइयो । महोत्सव आयोजक समितिका सदस्य तथा साहित्यकार बाबु त्रिपाठीले फागुन ११ र १२ गते गरी दुई दिन आयोजना हुने कार्यक्रमको तालिका प्रस्तुत गरेका थिए । 

पहिलो दिन फाल्गुन ११ गतेको कार्यक्रम बुढानीलकण्ठ नगरपालिका १३ स्थित चुनिखेल र दोस्रो दिनको कार्यक्रम बुढानीलकण्ठ मन्दिर परिसरमा महोत्सव आयोजना हुनेछ । महोत्सवमा दर्जनौं राष्ट्रिय कलाकार५० जनाभन्दा बढी कविआख्यानकारसंस्कृतिविद्लगायत विद्यालयका विद्यार्थीहरुहरुको उपस्थिति रहने बताइएको छ । 

विभिन्न नगरपालिका प्रमुखहरुबीच सामाजिकराजनीतिक, उद्योगव्यवसायखेलकुदस्वास्थ्यपर्यटननाटक तथा रंगमञ्चगजललगायत बहुविधा तथा क्षेत्रहरुलाई समेट्दै  अन्तरक्रियात्मक कार्यक्रमहरु महोत्सवमा समेटिएका छन् । सांस्कृतिक सद्भाव र सम्भावनाको आदानप्रदान गर्ने यस महोत्सवमा स्थानीय सांस्कृतिक झाँकीहरुको प्रस्तुतिसमेत समेटिने छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार