मनास्लु कलेजद्वारा नवराज बोहोराको अभियानमा ऐक्यबद्धता : विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाउने प्रतिबद्धता 

दक्ष खबर 15665+ समाचार ( )
१२ आषाढ २०८२, बिहीबार

काठमाडौँ । मनास्लु वर्ल्ड कलेजले न्यायका लागि कर्णालीबाट ३१ दिन खालि खुट्टा हिडेर काठमाडौँ आएका नवराज बोहोराको अभियानमा ऐक्यबद्धता जनाएको छ ।  

काठमाडौँको चावहिल चुच्चेपाटिमा रहेको मनास्लु वर्ल्ड कलेजले बिहिबार बोहोरालाई कलेजमा भेट गर्दै बोहोराले चलाउनु भएको अभियानमा ऐक्यबद्धता जनाएको हो । 

मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले बोहोरालाई भेटेर उहाँले उठाउनुभएको समस्या र त्यसका समाधान सहित कर्णालीका विद्यार्थीलाई शैक्षिक क्षेत्रमा अग्रसर गराउन मनास्लु कलेज तत्पर भएको बताउनुभयो । 

उहाँले, कर्णालीका विद्यार्थीहरूलाई मनास्लु कलेजले पूर्ण छात्रवृत्ति सहित आंशिक छात्रवृत्तिमा पढाउने समेत अध्यक्ष लामाले प्रतिबद्धता ब्यक्त गर्नुभयो । नवराज बोहरा ७७४ घण्टा खाली खुट्टा हिडेर काठमाडौँ सम्मको यात्रातय गर्नु नै संघर्ष र त्यसको प्रतिउत्तर नै न्याय रहने लामाले बताउनुभयो । 

सामाजिक अभियानता समेत रहेका बोहोराले, "मनास्लु कलेजमा कर्णालीका विद्यार्थीहरूले समेत समान शैक्षिक हक अधिकार सहित पठनपाठन गर्न पाउनुपर्ने अडान राखेका थिए ।"  

बोहोराको अडानलाई मध्यनजर गर्दै मनास्लु कलेजले बोहराको सिफारिसमा आएका एक जना अति विपन्न  विद्यार्थीलाई पूर्ण रूपमा नि:शुल्क उपलब्ध गराने र  विद्यालय, कलेज र स्नातक तहमा क्रमशः ३ जनालाई छात्रवृत्ति र पाँच पाँच जनालाई आंशिक छात्रवृत्ति दिईने बताइएको छ । 

 मनास्लु वर्ल्ड कलेज आईएसओ सटिफाइड कलेज हो । जहाँ विद्यार्थीहरूले आफु अनुकुलका शिक्षाहरू आदानप्रदान गर्न पाउनेछन् । संस्थागत रूपमा २६ वर्षको अनुभव, आईएसओ सर्टिफाइड गुणस्तर, व्यावहारिक र सीपमूलक शिक्षा, र विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित कलेज हाे । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार