कैलाशकुट बहुमुखी क्याम्पसको ३३ओैँ वार्षिकोत्सब समारोह सम्पन्न

दक्ष खबर 15665+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ जयवागेश्वरीमा रहेको कैलाशकुट बहुमुखी क्याम्पसले आफ्नो स्थापनाको ३३ओैँ वसन्त पार गरेको छ । कलेजद्वारा आयोजित एक समारोहकाबीच प्रतिनिधिसभा सांसद सूर्य थापाको समुपस्थितिमा कलेजले ३३ओैँ  वार्षिकोत्सब सम्पन्न गरेको हो । 

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य, कार्यक्रमका प्रमुख अतिथि एवं कैलाशकुट बहुमुखी क्याम्पसका पूर्व विद्यार्थी सूर्य थापाले कलेजको इतिहास केलाउदैँ यस कलेजलाई माथि पुर्याउन सबैको साथ सहयोग सहकार्य आवश्यकता रहेको बताउनुभयो । 

उहाँले, हाडीगाउँ, काठमाडौँको प्रबुद्द समाजले स्थापना गरेको र आफुले प्रमाणपत्र तह अध्ययन गरेको यस क्याम्पस टंगाल, बालुवाटार, चाबहिल, मित्रपार्क  हुँदै जयवागेश्वरीमा अवस्थित रहेको बताउँदै आफु यस कलेजको प्रथम ब्याजका रूपमा अध्ययन गर्ने अवसर मिलेको बताउनुभयो । 

उहाँले, सहकारी छानवीन समितिमा बसेेर काम गरिरहदाँ यस क्याम्पसको पनि लाखौं पैसा अपचलन भएको थाहा पाएको र यसमा घनिभुत रूपमा आफुहरूले छानवीन गर्ने प्रष्ट पार्नुभयो । 

त्यस्तै, बाग्मती प्रदेशसभा सदस्य श्री राम लामिछानेले, कलेजले सर्वप्रथम आफ्नै भवन निर्माणार्थ जग्गा उपलब्ध गराउन सर्वप्रथम पहल गर्न आग्रह गर्नुभयो । उहाँले जग्गा प्राप्ति पछि मात्र भवन निर्माणार्थ स्थानीय तहहरूले सहयोग गर्न सक्ने बताउनुभयो । 

त्यस्तै, काठमाडौा महानगरपालिका वडा ८ का वडा अध्यक्ष आशामान संगतले, आफ्नो वडामा रहेको एकमात्र सामुदायिक कलेज कैलाशकुटलाई कसरी अगाडि बढाउने भन्ने कुरामा आफुहरूले महानगर प्रमुख सँग बारम्बार छलफल गरिरहेको बताउनुभयो । उहाँले, छिट्टै यसले आफ्नो मूर्त रूप लिएर अगाडि बढ्ने पनि उहाँले बताउनुभयो । 

 त्यस्तै, कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डा. शोभा ढुङ्गानाले कलेजलाई आजसम्म विभिन्न तह र तप्काबाट साथ सहयोग गरेर यस स्थानसम्म पुर्याउन अहोरात्र खटिनुहुने सबैलाई आभार व्यक्त गर्नुभयो । उहाँले, विशेष गरी विद्यार्थीहरूले पुर्याएको योगदान, मिहिनेत र परिश्रमले गर्दा नै कलेजले हालसम्मका परिक्षामा शतप्रतिशत अंक प्राप्त गर्न सफल रहेको बताउनुभयो । 

त्यस्तै, सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव दंगालले, एकलौटी रूपमा भन्दा पनि हरेक कलेजहरूले एकापसमा सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले, हरेक परिस्थितिमा छिमेकीको आवश्यकता अत्यान्तै हुने हुदाँ हरेक परिस्थितिमा एक कलेजले अर्को कलेजलाई साथ सहयोग पुर्याउन कन्जुस्याइँ गर्न नहुने उहाँले बताउनुभयो । 

त्यस्तै, कैलाशकुट बहुमुखी क्याम्पसका अध्यक्ष सन्तोष पाण्डेले कैलाशकुटको इतिहास, महिमा धेरै रहेको बताउदैँ विद्यार्थीहरूले आफ्नो भविष्य निर्माण गर्ने स्थान रहेको बताउनुभयो । 

कार्यक्रमकामा विभिन्न तह र तप्काका कर्मचारीहरूलाई सम्मान गरिएको थियो भने, क्याम्पसका संस्था सहित प्राध्यापकहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न संंस्कृतिक नृत्य सहित विभिन्न प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । 

कैलाशकुट क्याम्पसले त्रिभुवन विश्वविद्यालय तथा राष्ट्रिय परीका बोर्डबाट सम्बन्धन प्राप्त सामुदायिक कलेज हो । यहाँ कक्षा ११/१२ तर्फ ह्युम्यानिटिन, म्यानेजमेन्ट, एजुकेसन, लगायतका विभिन्न विषयहरू पठनपाठन हुने गर्दछ भने, ब्याचलर तर्फ बि. ए र बि.बि.एस विषयहरू पठनपाठन हुने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार