संसद नै कानून निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था अनिष्ठको संकेत : सांसद विराजभक्त श्रेष्ठ

दक्ष खबर 15656+ समाचार ( )
६ माघ २०८१, मङ्गलबार

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद विराजभक्त श्रेष्ठले संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन र कानून समयमै बन्न नसक्दा नागरिकमा नैराश्यता उत्पन्न भएको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकको विषेश समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो  उहाँले ।

उहाँले कानून निर्माणको महत्वपूर्ण जिम्मेवार र दायित्व वहन गर्नुपर्ने संघीय संसदले नै कानून निर्माण गर्न नसेको फेहरिस्तसहित प्रतिवेदन बनाएर बस्नुपरेको बताउनु भयो । उहाँले संसद र संसदीय समिति आवश्यक कानून निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था आउनु डरलाग्दो अनिष्ठको संकेत भएको टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘संघीयता कार्यान्वयनका लागि बन्नुपर्ने ऐनहरु समयमा बन्न नसकेको कारणले गर्दा राज्य व्यवस्थाप्रति नै नागरिकमा नैराश्यता उत्पन्न हुन पुगेको छ । कानून निर्माणको महत्वपूर्ण जिम्मेवार र दायित्व गर्नुपर्ने संघीय संसदले नै कानून निर्माण गर्न नसेको फेहरिस्तसहित प्रतिवेदन बस्नुपर्नेभएको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको प्रतिवेदनअनुसार बाध्यता आइपर्नु र आवश्यक कानून निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था आउनु भनेको यो निश्चय पनि डरलाग्दो अनिष्ठको संकेत हो । यसलाई समयमै निराकरण नगर्ने हो भने संघीयता नै धरापमा पर्न जाने निश्चित छ । स्मरण रहोस् समयले अहिलेसम्म कसैलाई पर्खिएको छैन र पर्खिने पनि छैन ।’

उहाँले समयले कसैलाई पनि नपर्खिने हेक्का राख्दै कानून निर्मामाण तिब्रता दिनुपर्ने बताउनु भयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार