अविरल वर्षासँगैको बाढी र डुबानले काठमाडौं जलमग्न (तस्बिरसहित)

दक्ष खबर 15660+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

काठमाडाैँ । अविरल वर्षाले काठमाडौं उपत्यका डुबानमा परेको छ । पहिरो र बाढीका कारण जनजीवन प्रभावित भएको छ । बाढीका कारण काठमाडौं उपत्यकामा केही नागरिकहरु बेपत्ता भएका छन् ।

उपत्यकाका वागमती, नख्खु, बल्खु, हनुमन्ते, विष्णुमती नदीमा बाढीको उच्च बहाव छ । मनोहरा, घट्टेखोला लगायतका खोलाहरुका कारण सडक र बस्ती डुबानमा परेका छन् । उपत्यकामै केही स्थानमा पुल बगेको छ ।

मुख्य सडकमा पनि पानी जमेका कारण यातायात सञ्चालनमा अवरोध सिर्जना हुनुका साथै उपत्यकाका केही स्थानमा विद्युत आपूर्ति अवरुद्ध बनेको छ । काठमाडौं उपत्यकासहित देशभर नै अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । न्युज एजेन्सी नेपाल


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार