१५औँ राष्ट्रिय बाल नाटक महोत्सवका लागी स्क्रिप्ट आह्वानको समय थप, पुस २७ सम्म बुझाउन सकिने

दक्ष खबर 15665+ समाचार ( )
२२ मंसिर २०८०, आइतबार


काठमाडौँ । १५औँ राष्ट्रिय बाल नाटक महोत्सवका लागी स्क्रिप्ट आह्वानको समय थपिएको छ । शैली थिएटर, ओजस  थिएटर, रुसी सदनको आयोजनामा संस्थागत विद्यालय संघ नेपाल इसानको सहकार्यमा आयोजना हुन लागेको महोत्सवमा आगामी पुस २८ गतेसम्म स्क्रिप्ट बुझाउन सकिने थिएटरले एक सुचना मार्फत जनाइएको हो । 

महोत्सवमा सहभागी हुन इच्छुक व्यक्ति, संस्था, नाट्यसमूह, विद्यालयलगायतलाई नाटकको स्क्रिप्ट दर्ता गराउन थिएटरले आज सम्मको समय तोकेको भएपनि पुनः नयाँ नाटकहरूलाई समावेश गर्ने उद्देश्यले समय थपिएको महोत्सवका डाइरेक्टर नवराज बुढाथोकीले बताउनुभयो । 

आवेदन  अब पुस २७ गतेसम्म पठाउन सकिने जनाईएको छ ।  बालबालिकाका विषयबस्तुलाई केन्द्रमा राखी कार्य गर्ने शैली थिएटरले विगत १४ वर्षदेखि हरेक वर्ष राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आइरहेको छ । नाटककाे स्कृप्ट रूसि सदन कमलपोखरी र रातोपुल स्थित शैली थिएटरमा बुझाउन सकिने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार