सांस्कृतिक कार्यक्रमहरुमा राजनीतिक गन्ध आउनु हुँदैन : उपप्रमुख सुनिता डंगोल

दक्ष खबर 15660+ समाचार ( )
२७ भाद्र २०८१, बिहीबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सांस्कृतिक कार्यक्रमहरुमा राजनीतिक गन्ध आउनु नहुने बताउनुभएको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सांस्कृतिक कार्यक्रमहरुमा कुसंस्कारका पक्षहरुको गन्ध आउन नहुने पनि उल्लेख गर्नुभया ।

उहाँले सांस्कृतिक कार्यक्रममा कुसंस्कार र राजनीतिका गन्ध आउन नदिन सबै जना एकजुट हुन आवश्यक रहेको बताउनु भयो । उहाँले सांस्कृतिक पर्वहरुमा सबैजना रमाउने र खुशी हुने पर्व भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सांस्कृतिक कार्यक्रमहरुमा कुनैपनि राजनीतिक गन्ध आउनु हुँदैन । कुसंस्कारका पक्षहरुको गन्ध आउनु हुँदैन । त्यसलाई न्युनिकरण गर्न हामी सबै जना एकजुट हुन आवश्यक छ । यो विशुद्ध सांस्कृतिक पर्व हो । सबैजना रमाउने र खुशी हुने पर्व हो । यो रमाउने, खुशी हुने वातावरण बनाउनका लागि काठमाडौं महानगरपालिका हर्दम सम्पूर्ण सरोकारवाला निकायहरुसँग नजिकबाट नै काम गरिरहेका छौँ ।’

उहाँले रमाउन र खुशी हुने वातावरण बनाउनका लागि काठमाडौं महानगरपालिका सरोकारवाला निकायहरुसँग नजिकबाट नै काम गरिरहेको पनि बतउनु भयो । न्युज एजेन्सी नेपाल 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार