मुलुकको आर्थिक अवस्था सुधार्न अध्यादेशमार्फत २९ वटा कानूनहरु परिवर्तन ग-यौं : प्रधानमन्त्री

दक्ष खबर 15660+ समाचार ( )
१४ पौष २०८१, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन अध्यादेश ल्याइएको दाबी गर्नुभएको छ । सोमवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था सुधार गर्नको लागि अध्यादेशमार्फत २९ वटा कानूनहरु परिवर्तन गरेको जिकिर गर्नुभयो ।

उहाँले गैरसहकारी मान्छेहरु सहकारीमा प्रवेश गर्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताउनु भयो । उहाँले सहकारीहरु मिलेर सानो पुँजी जम्मा गर्दै ठूलो-ठूलो कामहरु गर्न सकिने बताउनुभयो । उहाँले संसदको हिउँदे अधिवेशनमा सरकारले सदनलाई विजनेस दिने कुरामा दृढ रहेको बताउनुभयो । उहाँले सरकार संसदमा कानून बनाउने र कानून संशोधन गर्ने कुरामै केन्द्रित हुने बताउनुभयो । 

‘सहकारीमा ठूलो ठगी भएको छ । गैर सहकारी मान्छेहरु सहकारीमा प्रवेश गरेर यस्तो खालको काम भयो । सहकारी हामीलाई अहिले पनि आवश्यक छ । सहकारी मिलेर साना साना पूँजी जम्मा गरेर हामी ठूला कामहरु गर्न सक्छौं । त्यतापट्टि हामी जानुपर्दछ । हामीले केही कामहरु छिटो गर्नको लागि केही अध्यादेशहरु ल्यायौं । २९ वटा कानूनहरु परिवर्तन गरेका छौं । त्यसले हामी तुरुन्तै काम थाल्दैछौं । नियमावलीहरु बन्दै छन् । संसदबाट अध्यादेश पास हुनेबेलासम्म थुप्रै कुराहरु अगाडि बढाइसक्छौं । संसदमा पहिलो दिनदेखि नै कामको चाङ लाग्छ । र हाम्रा माननीयज्यूहरुलाई फुर्सद नै हुँदैन । सरकार संसदमा कानून बनाउने र कानून संशोधन गर्ने काममै हुन्छ । सरकारले संसदलाई विजनेश दिन्छ । संसद तिब्र रफ्तारमा चल्छ । अध्यादेश पास हुनु र नयाँ ऐन र कानून संशोधन ल्याउनुपर्छ ।’

उहाँले केही मान्छेहरु बालकलाई जस्तो चकलेट देखाएर सरकार ढाल्न खोजिरहेको बताउनु भयो । उहाँले अहिले नेपाली काँग्रेसबाट पूर्ण साथ पाएको बताउनु भयो । उहाँले अहिले मुलुकको अर्थतन्त्र कमजोर अवस्था रहेकोले रिकभर गर्न सरकार प्रयासरत रहेको बताउनु भयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार