काठमाडौँ । नेपाल विद्यार्थी संघद्वारा माइतीघरमा लगाइएको निषेधाज्ञा विरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका नेविसंघका नेताहरू रिहाइ भएका छन् ।करिब चार बजे माइतीघरबाट पक्राउ परेका नेता कार्यकर्ताहरू करिव साढे छ बजे रिहाइ भएको नेविसंघका केन्द्रीय सदस्य साजन तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्यहरू सुवास पौडेल, साजन तामाङ, मनोज पूरी, विन्दा बोगटी, बासुदेव न्यौपाने, जीवन सुवेदी, सुशान्त आचार्य, विजेन् किसी, त्रिचन्द्र कलेजका नेविसंघ नेता गोविन्द कोइराला, नेविसंघ थापाथलीमा सरोज अधिकारी, त्रीचन्द्रका मनोज भण्डारी सहित नेविसंघका किरण राज गौतम, मोहन कालाथोकी, आज्ञा सुजन तामाङ तथा एनसिआईटीकका सभापति सन्तोष आचार्य रहेका छन् ।
त्यस्तै, पक्राउ पर्नेमा एनसीआईटी कलेज इकाई सभापति सन्तोष आचार्य र पुर्व इकाइ सभापति मोहन कालाथोकि समेत रहेको उहाँले बताउनुभयो ।