प्रतिनिधिसभाबाट असार १५ गतेभित्र शिक्षा विधेयक पारित हुन्छ : गृहमन्त्री

दक्ष खबर 15654+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार र नेपाल शिक्षक महासंघबिच भएको सहमति बमोजिम विद्यालय शिक्षा विधेयक पारित हुने बताउनु भएको छ । नेपाल शिक्षक संघको २४ औं संघीय कार्यसमिति बैठककाे उद्घान समारोहमा गृहमन्त्री लेखकले आगामी असार १५ गतेभित्र प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

"असारकाे १५ गतेभित्र शिक्षा विधेयकलाई पारित गर्ने भनेका छाैँ । याे तिथि मितिमा सरकारले प्रतिबद्धता गरेकाे हाे । असार १५ गते नै प्रतिनिधिसभाबाट पारित हुन सक्ने अवस्था बन्छ," उहाँले भन्नुभयाे । 

केही विपक्षी दलका मानिसहरुले औचित्यहीन मुद्दा उठाएर प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहेकाे भन्दै गृहमन्त्री लेखकले राेष प्रकट गर्नुभयो । "संसद अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन । कुनै अर्थ छैन । कुनै औचित्य छैन । केही प्रतिपक्ष दलमा रहेका मानिसहरू षड्यन्त्रपूर्ण ढंगले राजनीतिक आग्रह र पूर्वाग्रह राखेर मुद्दा उठाइराख्नु भएको छ," उहाँले भन्नुभयो, "याे सबैका बिचमा देखिएको छ । एउटा कर्मचारीमाथि भइरहेकाे छ । त्यसलाई सरकारसँग जाेडेर अनावश्यक ढंगले बखेडा झिकेर संसद अवरुद्ध गरिएको छ । याे अवराेध चाँडै हट्नुपर्छ।" 

संसदकाे अवराेध हटिसकेपछि असार १५ गतेभित्र शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गरेर अगाडि बढाउने गृहमन्त्री लेखकले विश्वास दिलाउनुभयाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार