इजरायल द्घारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

दक्ष खबर 15660+ समाचार ( )
३ आषाढ २०८२, मङ्गलबार

काठमाडौं । इजरायलले इरानको सरकारी टेलिभिजनमाथि आक्रमण गरेको छ । इजरायलले सोमबार इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको थियो ।

आक्रमण पश्चात आईआरआईबीले पुनः आफ्‌नो प्रसारण सुरु गरिसकेको छ । सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, “इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेट अघि इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ ।”

आक्रमणले इजरायल र इरानबीचको द्वन्द्वमा थप तनाव ल्याएको छ । इजरायलले १३ जुनमा इरानमा हवाई आक्रमण गरेको थियो, जसको जवाफमा इरानले इजरायलमा मिसाइल प्रहार गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार