वर्षौंसम्म जेल बसेर बाहिर आएका नेताहरुको दरबार कसरी बन्यो, छानबिन गरौँ : सांसद मनिष झा

दक्ष खबर 15668+ समाचार ( )
२९ पौष २०८१, मङ्गलबार

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सबै राजनीतिक दलका नेताहरुको सम्पती शुद्धीकरण गर्नुपर्ने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

बहुदलीय व्यवस्था ल्याउनुमा शीर्ष राजनीतिक दलका नेताहरुको योगदान रहेपनि त्यसको फाइदा उठाएर अकुत सम्पती आर्जन गरेको आरोप लगाउनु भयो । उहाँले वर्षौंसम्म जेल बसेर बाहिर आएका नेताहरुको दरबार कसरी बन्यो ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले आफूहरु जुनसुकै अनुसन्धानका लागि तयार भएपनि सबैतिर सुशासन कायम गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामी आज निर्दलीय व्यवस्थाबाट बहुदलीय आउँदै गर्दा उहाँहरुको योगदान छ । त्यसप्रति सम्मान छ । तर वर्षौंसम्म जेल बसेर बाहिर आउँदा एकैचाटि दरबार कसरी बन्यो ? व्यापार कहाँ गरियो ? व्यवसाय त कुनैपनि थिएन । जेल बसेर बाहिर आएको केही महिनामै नेताहरुको दरबार बन्न थाल्यो यहाँ । त्यसको छानबिन गर्नुपर्दैन ? हाम्रो नगर भनेकै छैनौं हामीले तर सुशासनको अभ्यास सबैतिर गरौं । होइन नगर्ने भए केही दिनको लागि सदन रोकौं । अर्को अध्यादेश ल्याइदिनुस् कृपया । त्यो अध्यादेश के होस् भने –अमुख अमुख पार्टीमो तद् तद् नेताको कहिले पनि हुँदैन, आजीवन हुँदैन । त्यसमा कसैले आवाज उठाउन पाउँदैन किनकि उहाँहरु जेल बस्नुभएको छ ।’

संसद संख्याको आधारमा नभई सिद्धान्तको आधारमा चल्ने उल्लेख गर्दै संख्याको धाक नलगाउन समेत सत्तापक्षको ध्यानाकर्षण गराउनु भयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार