देशव्यापी भिडियो प्रतियोगिता : च्याम्पियनसीपको फिनाले कात्तिक २८ मा

दक्ष खबर 15657+ समाचार ( )
२६ कार्तिक २०८२, मङ्गलबार

काठमाडाैँ । 'स्किल स्पार्क च्याम्पियनसीप २०२५' को ग्राण्ड फिनालेमा प्रवेश गर्ने १४ उत्कृष्ट टोलीको नाम सार्वजनिक भएको छ । सूचना प्रविधि तालिम प्रदान गर्दै आएको स्किल स्पार्कले नेपालकै पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनको टाइटल स्पोन्सरमा महिला सशक्तीकरणका लागि भन्दै देशव्यापी भिडियो प्रतियोगिताको आयोजना गरेको थियो ।

ग्राण्ड फिनाले कात्तिक २८ गते काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुने आयोजकले जनाएको छ । फिनालेमा १४ टोलीले आफ्नो सृजनात्मकता र सीपको प्रस्तुति दिनेछन्।

'एन् एजुकेटेट वुमन, अ ट्रान्सफ्रन्ट नेसन' को नारा सहित आयोजना भएको प्रतियोगितामा देशभरबाट १४ टोली छनौट भएको स्किल स्पार्कका संस्थापक श्रीजना झाले बताउनुभयो । निर्णायक समितिले प्रतियोगिको भिडियो छनौटमा त्यसले समाजलाई दिने सन्देश, सृजनात्मकता र सीपको प्रस्तुति, सीप विकास एवम् महिला शिक्षा लगायतका विषय वस्तु समेटिएको संस्थापक झाले बताउनुभयो ।   

डिजीटल युगमा महिलाको चेतना स्तर बढाउन युग सुहाउँदो तकनिक अवलम्बन गर्नुपर्ने भएकाले च्याम्पियनसीप मार्फत परिवर्तनको सुरुवात गरिएको उहाँको भनाइ छ । यस्ता कार्यक्रमले डिजिटल युगमा सृजनशीलता र सीप विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको निर्णायक समितिमा लियो मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालका अध्यक्ष अस्मिता लामिछाने, प्रेरणादायी वक्ता तथा मिडिया व्यक्तित्व सङ्गम महत, जेसीआई नेपालका राष्ट्रिय अध्यक्ष रजनी थापा, काठमाडौँ फिल्म्सका निर्देशक शंकर कार्की र क्यान फेडरेशनका उपाध्यक्ष श्रीजना श्रेष्ठ रहनुभएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार