काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले वडा नं. १ ओख्रेनी र मुलखर्कका बासिन्दाहरुलाई लक्षित गरि निःशुल्क सेवा दिन एम्बुलेन्स हस्तान्तरण गरेको छ । मंगलबार आयोजित एक कार्यक्रमका बिच ओख्रेनी र मुलखर्कका बासिन्दाहरुका लागि वडा अध्यक्ष द्वारिका श्रेष्ठलाई चावि सहितको एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
मंगलबार आयोजित एक समारोहका बिच नगरप्रमुख दिपक रिसालले वडा अध्यक्ष द्वारिका श्रेष्ठलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुहुदैँ, "गोकर्णेश्वर नगरपालिकाको विकट क्षेत्र मानिने र राष्ट्रिय निकुञ्ज भित्रको वस्ति भएकोले यातायात लगायत स्वास्थ्य सुविधाको दृष्टिले पनि सहज पहुँच नभएका ओख्रेनी र मुलखर्कका बासिन्दाहरुलाई लक्षित निःशुल्क सेवा दिने गरि मंगलबारदेखि एम्बुलेन्स हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।"
उहाँले, 'त्यस क्षेत्रका स्थानीय बिरामी पर्दा वा गर्भवती महिलालाई मानिसले बोकेर तथा वैकल्पिक यातायातका साधनहरु मार्फत् मध्य राति अस्पताल लानु पर्ने बाध्यता भएकोले एम्बुलेन्स हस्तान्तरण गरिएको नगर प्रमुख दिपक रिसालले बताउनुभयो ।'
कार्यक्रममा नगर उप-प्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, गोनपा वडा १ का वडाअध्यक्ष द्वारिकालाल श्रेष्ठ सहित वडा सदस्य, पूर्व वडाअध्यक्ष राम मानन्धर लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।