काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ अन्तर नवाली टोलमा रहेको गणेश मन्दिरको चन्दा संकलन बाकस चोरी भएको छ ।
शुक्रबार बिहान बाकस चोरी भएको स्थानीयले बताएका छन् ।
गणेशमन्दिर प्रांगणमा केही समय कुरेर मन्दिर प्रवेश गरेर बाकस बोकेर एक युुवा निस्किएको देखिएको छ । यस बारे थप जानकारी सहित अनुसन्धान भईरहेको छ ।
स्थानीयका अनुसार गणेश मन्दिरमा चन्दाका रूपमा चढाइएको भेटी चोरी भएको हो ।